You are viewing the translated version of विशेष बैठक सम्बन्धी व्यवस्था.

Section 9
विशेष बैठक सम्बन्धी व्यवस्था
(१) परिषद्को एक चौथाइ सदस्यले आधार र कारण खुलाई परिषद्को विशेष बैठक बोलाउन माग गर्न सक्नेछन्‌।

(२) उपदफा (१) बमोजिम विशेष बैठक बोलाउन माग गरेमा कुलपतिले त्यस्तो माग-भएको, मितिले पन्ध्र दिनभित्र बैठक बोलाउनु पर्नेछ र त्यस्तो बैठकमा उपदफा (१) बमोजिम बैठक बोलाइएको विषयमा मात्र छलफल र निर्णय हुन सक्नेछ।

(३) उपदफा, (२) बमोजिम कुलपति नभएमा वा निजले बैठक नबोलाएमा उपदफा (२) बमोजिमको अवधि समाप्त भएको मितिले उपकुलपति भए सात दिनभित्र र उपकुलपति नभएमा वा निजले समेत बैठक नबोलाएमा सदस्यहरूमध्ये उमेरको हिसाबले सबैभन्दा ८ ज्येष्ठ सदस्यले बैठक बोलाउनेछ र त्यस्तो बैठकको अध्यक्षता उपस्थित सदस्यहरूमध्ये ज्येष्ठ सदस्यले गर्नेछ।

(४) विशेष बैठकको सञ्चालन र निर्णय प्रक्रिया सम्बन्धी अन्य व्यवस्था दफा ८ बमोजिम हुनेछ।